सुर्खेतको उत्तरपश्चिम पृतना हेडक्वाटरमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चारदिने रक्षा संवाददाता अभिमुखीकरण तालिम आयोजना गरिएको हो ।
सुर्खेत — नेपाली सेनाले कर्णाली र लुम्बिनीका पत्रकारलाई रक्षा सम्बन्धी तालिम दिएको छ ।
सुर्खेतको उत्तरपश्चिम पृतना हेडक्वाटरमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चारदिने रक्षा संवाददाता अभिमुखीकरण तालिम आयोजना गरिएको हो । उत्तर पश्चिम पृतनाका पृतनापति दिपेशजंग शाहले मिडियाले समाजको सोचलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यो तालिम आवशयक रहेको बताए ।
‘पत्रकारले व्यावसायिक भएर समाचार लेख्न आवश्यक छ,' उनले भने, ‘यो चारदिने तालिमले पत्रकारहरूलाई नेपाली सेनाको जिम्मेवारी र भूमिका जानकारी दिने उद्देश्य हो ।’
सेनाको सहायक भूमिका, संरचना, नियमित गतिविधि, वर्तमान सुरक्षा परिवेशलगायतका विषयमा जानकारीमूलक प्रस्तुतीकरण हुने पृतनापति शाहले बताए । साथै सहभागी सञ्चारकर्मी र स्रोत व्यक्तिबीच अन्तरक्रियात्मक छलफल तथा प्रतिक्रिया आदान–प्रदानका सत्रहरू समेत समावेश गरिएको निर्देशनालयले जनाएको छ ।
तालिममा कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका गरी २४ जना पत्रकार सहभागी छन् ।
