बालिका करणी आराेपमा होस्टेल संचालक पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिका-५ स्थित सरस्वती विद्या निकेतन इङ्गिस बोर्डिङ स्कुल समेत सञ्चालक रहेका महेन्द्र अर्याल पक्राउ परेका हुन् ।

मंसिर ९, २०८२

तृप्ति शाही

Hostel operator arrested on charges of child abuse

वीरेन्द्रनगर — बालिकालाई जबरजस्ती करणी गरेकाे आराेपमा यहाँका एक होस्टेल संञ्चालक पक्राउ परेका छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-५ स्थित सरस्वती विद्या निकेतन इङ्गिस बोर्डिङ स्कुलका समेत सञ्चालक रहेका महेन्द्र अर्याल मंगलबार पक्राउ परेका हुन् । 

१२ वर्षीया एक छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

मंसिर ३ गते एक बालिकालाई ललाइफकाइ करणी गरेकाे खबर प्रहरीले पाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए । 

प्रहरी उनकाे खाेजीमा गएपछि अर्याल फरार थिए । लुकिछिपी बसेको अवस्थामा बाचकाँडा भन्ने स्थानबाट नियन्त्रणमा लिएको डीएसपी बुढथापाले बताए । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully