आफ्नै भवनमा सान्नीत्रिवेणी

तीन वर्ष लगाएर बनाएको २१ कोठे नयाँ प्रशासनिक भवनको सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औपचारिकरुपमा उद्‌घाटन गरे।

मंसिर ८, २०८२

तुलाराम पाण्डे

Sannitriveni in his own building

कालीकोट — कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नै भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ। तीन वर्ष लगाएर बनाएको २१ कोठे नयाँ प्रशासनिक भवनको सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औपचारिकरुपमा उद्‌घाटन गरे।

भवन निर्माणका लागि सान्नीत्रिवेणी–६ मेहेलमुडीका ३१ जना स्थानीयले पालिकाको भवनका लागि ८ हजार वर्गमिटर जग्गा निःशुल्क दिएका थिए। त्यसपछि ०७९ साउनमा ठेक्का सम्झौता भएको थियो।

मुख्यमन्त्री कँडेलले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउन एउटै थलोबाट नागरिकलाई सेवा दिने गुणस्तरीय भवन बनेकोप्रति सान्नीत्रिवेणीवासीलाई बधाई दिए। ‘भौतिक संरचना बन्नु मात्र ठूलो कुरा होइन, यसको संरक्षणमा पनि त्यत्तिकै चनाखो हुनुपर्छ,' उनले भने। 

भवनमा सभा हलसहित ३ तले २२ कोठे गाउँपालिकाको भवन निर्माणका लागि कूल लागत ८ करोड २४ लाख ६ हजार ६ सय २३ रहेकोमा ठेकेदारले ७ करोड ८८ लाख ४४ हजार ९ सय ४८ मा ठेक्का लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालले बताए। उनले पालिकाले ७ करोड ७५ लाख ५० हजार २ सय ५० भुक्तानी दिइसकेको जानकारी दिए।

गाउँपालिकाको ४० र संघीय सरकारको ६० प्रतिशत लागत साझेदारीमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully