पसलमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

आगलागी गरेको आरोपमा सुर्खेत प्रहरीले वीरेन्द्रनगर–८ बस्ने २८ वर्षिया दीपक कँडेललाई नियन्त्रणमा लिएको हो।

मंसिर ३, २०८२

तृप्ति शाही

One arrested for arson at a shop

वीरेन्द्रनगर — सुर्खेतको एक अचार पसलमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कार्तिक ३० गते वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाइन स्थित नबदुर्गा बेबी सप र ‘शान्ताको अचार पसल’ मा आगलागी भएको थियो । आगलागी गरेको आरोपमा सुर्खेत प्रहरीले वीरेन्द्रनगर–८ बस्ने २८ वर्षिया दीपक कँडेललाई नियन्त्रणमा लिएको छ ।

श्याम चलाउने र धनबहादुर जीसीले सञ्चालनमा ल्याएको १८ वटा सटर भएको २ तले टिनले छाएको सुपर मार्केटको १ नम्बर सटरमा जुनाकुमारी बोहोराले सञ्चालन गरेको ‘नबदुर्गा बेबी शप’ मा आगलागी भएको थियो । यस्तै, २ नम्बर सटरमा खगिसरा बुढा रोकायले सञ्चालनमा ल्याएको ‘शान्ताको अचार पसल’ समेत आगलागी भएको थियो । आगलागीबाट दुवै पसल जलेर नष्ट भएका थिए ।

आगलागीपछि अनुसन्धान गर्दै जाँदा एक जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढाथापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully