जिल्लाको काईके गाउँपालिका-७ निवासी ६९ वर्षीय वृद्ध हर्नियाले थला परेर जिल्ला अस्पताल पुगेपछि पहिलोपटक सफल शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
डोल्पा — डोल्पामा पहिलोपटक हर्नियाको शफल शल्यक्रिया गरिएको छ । डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक हर्नियाको शफल शल्यक्रिया गरिएको हो ।
जिल्लाको काईके गाउँपालिका-७ निवासी ६९ वर्षीय वृद्ध हर्नियाले थला परेर जिल्ला अस्पताल पुगेपछि पहिलोपटक सफल शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
डोल्पाजस्तो दुर्गम ठाउँमा सीमित स्रोत साधनका बाबजुद पनि यस प्रकारको समस्याको शल्यक्रिया गर्नु आफैमा खुसीको कुरा भएको उनको भनाइ छ । जिल्ला अस्पताल जोड्ने पुलसँगै, नयाँ संरचना र आवश्यक कर्मचारी जनशक्ति थपिएपछि बिरामीको चाप बढ्दै गइरहेको उनको भनाइ छ ।
शल्यक्रियामा एमडीजीपी डाक्टर विदुर तिवारी नेतृत्वमा डाक्टर इन्द्रजित पुन, नर्स सबिता बोहरा र राजुकुमारी रोकाया, एनेस्थेसिया एसिस्टेन्ट रन्जितकुमार शाहलगायतको टिम थियो ।