सल्यानमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

दुर्घटना भएको ट्र्याक्टरको पछाडिको टायरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ

मंसिर ३, २०८२

विप्लव महर्जन

Driver dies in tractor accident in Salyan

सल्यान — सल्यानमा बुधबार राति सवा ८ बजेतिर ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-५ लेखपोखरादेखि लान्ती आउँदै गरेको रा १ त २४३८ नम्बरको ट्र्याक्टर छत्रेस्वरीको ढोरलाचौर नजिकै दुर्घटना हुँदा चालक २५ वर्षीय देवेन्द्र सिंह रावतको मृत्यु भएको हो । 

दुर्घटना भएको ट्र्याक्टरको पछाडिको टायरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी नायव उपरीक्षक ह्मबहादुर केसीका अनुसार प्रहरी टोली अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भइरहेको छ । 

अनियन्त्रित भएर दुर्घटनामा परेको ट्र्याक्टर सडकदेखि १५ मिटर तल खसेको प्रनाउ केसीले जानकारी गराए । ट्र्याक्टरमा छत्रेस्वरी-६ गोदे घर भएका रावत मात्र सवार थिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully