मुख्यमन्त्री कँडेलले सार्वजनिक सेवा प्रवाह, विकास निर्माणसँगै मुलुकको संविधानको रक्षा गर्ने दायित्व पनि जनप्रतिनिधिको भएकोले अहिलेको परिस्थितिमा जनप्रतिनिधिहरु अग्रभागमा आउनुपर्ने बताए ।
What you should know
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संविधान नै खतरामा रहेकाले रक्षाका लागि अब जनप्रतिनिधिहरु अग्रभागमा आउन आग्रह गरेका छन् ।
कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको वीरेन्द्रनगरमा आयोजित भेलामा मुख्यमन्त्री कँडेलले मुलुकको पछिल्लो घटनापछि संविधान नै के हुने हो भन्ने परिस्थिति सृजना भएकोले संविधानको रक्षाको लागि बचेका जनप्रतिनिधिहरुलाई अग्रभागमा आउन आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कँडेलले सार्वजनिक सेवा प्रवाह, विकास निर्माणसँगै मुलुकको संविधानको रक्षा गर्ने दायित्व पनि जनप्रतिनिधिको भएकोले अहिलेको परिस्थितिमा जनप्रतिनिधिहरु अग्रभागमा आउनुपर्ने बताए ।
उनले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिहरुले जनताको सेवासँगै संविधानको रक्षाको लागि लागि आ–आफनो ठाउँबाट अगुवाई गर्न आग्रह गरे ।
मुख्यमन्त्री कँडेलले अहिलेको सरकारलाई संविधानले नचिने पनि परिस्थिति र बाध्यात्मक रुपमा स्वीकार गर्नुपरेको बताउँदै नागरिक स्तरबाट जति खबरदारी गर्न सक्यो संविधान जोगिने र सरकारले संविधान मिच्न नपाउने धारणा राखे । उनले भने, ‘नागरिकस्तर बाट आन्दोलनभन्दा जनप्रदर्शनको माध्यमबाट संविधान जोगाउन जति धेरै जनता सडकमा आउँछन्, संविधान जोगिने सुनिश्चित हुन्छ र सरकारबाट संविधान मिच्ने काम रोकिन्छ ।’
भदौ २३ र २४ गते लगत्तै राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरु अब कहिल्यै फर्कनन् भन्ने मनोवैज्ञानिक त्रास सृजना गरिएको बताउँदै मुख्यमन्त्री कँडेलले दुई महिनामै परिस्थिति फेरिएको बताए । उनले भने, ‘भदौ २३ र २४ पछि परिस्थितिले सबैलाई प्रभावित बनाएको छ तर त्यतिबेलाको सरकार र आन्दोलनकारीको गतिविधि हेर्ने हो भने अव मुलुकमा दल नै नरहला जस्तो गरि व्यवहार गरियो, निजामति प्रशासन पनि त्यसै अनुरुप आंतकित भयो ।’ बुधबारसम्म चल्ल्ने भेलामा प्रदेशका नगर र गाउँपलिकाका प्रमुखर अधयक्ष र उपप्रमुख र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजकहरुको उपस्थिति छ ।
