फोक्सुण्डो ट्रेलमा प्रदेश सरकारको २१ करोड १२ लाख लगानी, पदमार्गदेखि संग्रहालयसम्म बन्दै

उक्त बजेटबाट यी संरचनासँगै ताल आसपासका क्षेत्रमा भ्यु टावर, ढल निकास, विद्यालयका भवन, संग्रहालय र पार्कसमेत निर्माण गरिने बताइएको छ ।

कार्तिक २३, २०८२

रामचन्द्र न्यौपाने

The provincial government has invested Rs 21.21 crore in the Phoksundo Trail, from the hiking trail to the museum.

डोल्पा — सुलिगार्डदेखि फोक्सुण्डोसम्म पर्ने फोक्सुण्डो ट्रेलमा कर्णाली प्रदेश सरकारले २१ करोड १२ लाखका विभिन्न संरचना बनाउने भएको छ ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्ने फोक्सुण्डो तालसम्म पुग्ने फोक्सुण्डो ट्रेलमा पदमार्ग, ट्रष्ट पुल, खानेपानी, प्रतिक्षालय, लगायतका संरचना बनाउने भएको हो । 

उक्त बजेटबाट यी संरचनासँगै ताल आसपासका क्षेत्रमा भ्यु टावर, ढल निकास, विद्यालयका भवन, संग्रहालय र पार्कसमेत निर्माण गरिने बताइएको छ ।

शे-फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने फोक्सुण्डो तालसम्म पुग्ने फोक्सुण्डो ट्रेलमा स्थानीय र पर्यटकका सहजताका लागि प्रदेश सरकारले रिङ्ग (रिङ्गबो वस्ती विकास कार्यक्रम) नै सुरूवात गरेको भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रममार्फत १६ वटा प्रतिक्षालय र दुई वटा विद्यालय भवन लगायतका संरचना निर्माण गरिने छ । उक्त कामको जिम्मा गुठीचौर जेभीले पाएको र २०८४ साल असार समान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

कार्यक्रमको निर्माण सुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले संयुक्त रुपमा गरेका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully