दैलेखमा जिप दुर्घटना, १५ जना घाइते 

शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

कार्तिक २१, २०८२

तृप्ति शाही

Jeep accident in Dailekh, 15 injured

वीरेन्द्रनगर — कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

भे १ ज १०५६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको दैलेख प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये ‎५ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए । घाइतेहरुको दैलेख अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

गाडीमा चालकसहित १६ जना थिए । चालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully