जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार थुनुवा गंगे सुनार शुक्रबार बिहान ५:५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए ।

कार्तिक २१, २०८२

तृप्ति शाही

Detainee dies in custody of District Police Office, Surkhet

वीरेन्द्रनगर — सुर्खेतमा एक जना थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा भएका लागूऔषध कारोबार मुद्दामा थुनुवाको मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका - ११, पिपिराका ३५ वर्षीय गंगे सुनारको छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार सुनार शुक्रबार बिहान ५:५८ बजेको समयमा सुतेको ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए ।

उनीसँगै सुतेका साथीहरूले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए । उनले भने ,' तत्कालै लागि प्रदेश अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले मृत घोषणा गरे । '

सुनार ७८ दिनदेखि हिरासतमा रहेको डीएसपी बुढथापाले बताए । उनका अनुसार चार दिनअघि सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज (शुक्रबार) उनको मुद्दामा पेसी थियो ।

थुनुवाको मृत्युपछि हिरासतमा जडान गरिएको सीसीटीभी फुटेज हेरिएको छ । ११ बजेसम्म बेडमै बसेको देखिएको प्रहरीले जनाएको छ  ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully