डोल्पाको काइकेमा गुम्बा बनाउँदै गर्दा लडेर युवकको मृत्यु

गुम्बाको छतमा काम गर्दै गरेका २५ वर्षीय नर्बु रोकाय छतबाट लडेर मृत्यु

कार्तिक १९, २०८२

रामचन्द्र न्यौपाने

A young man died after falling while building a monastery in Kaike, Dolpa.

डोल्पा — काइके गाउँपालिका–५ बैजिबाडामा गुम्बा निर्माणका क्रममा लडेर एक युवकको मृत्यु भएको छ। गुम्बाको छतमा काम गर्दै गरेका २५ वर्षीय नर्बु रोकाय छतबाट लडेका थिए।

घाइते रोकायलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्‍याइएको भए पनि उपचारक क्रममा उनक निधन भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले बताए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।  भनाइ छ । छत भत्किदा स्थानीय कामदार दुई जना पनि सामान्य घाइते भएक प्रहरीले जनाएको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully