उपल्लो डोल्पामा आगलागीमा परी एक जनाको मृत्यु

आगलागीबाट नगदसहित अन्नबाली, लत्ताकपडा, धार्मिक ग्रन्थसमेत जलेर नष्ट भएका छन्  ।

कार्तिक १६, २०८२

रामचन्द्र न्यौपाने

One person dies in fire in Upper Dolpa

डोल्पा — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा आगलागी हुँदा २९ वर्षीया एक युवतीको मृत्यु भएको छ । स्थानीय पेम्मा तोर्चे लामाको घरमा आगलागी हुँदा उनकी २९ वर्षीया छोरी छिरिङ भुटी लामाको ज्यान गएको हो ।

राती एक्कासि घरमा आगलागी हुँदा सुतिरहेको अवस्थामा छिरिङ जलेको प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

छिरिङ घरमा एक्लै सुतेकी थिइन् । उनका बुवा काम विशेषले छिमेकीको घरमा गएकाले समयमा उद्धार हुन नसक्दा ठूलो जनधनको क्षति भएको पालिका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले बताए । आगलागीबाट नगदसहित अन्नबाली, लत्ताकपडा, धार्मिक ग्रन्थसमेत जलेर नष्ट भएका छन्  । 

पीडित परिवारलाई गाउँपालिकाले राहतस्वरूप  चामल, घ्यु, नुनलगायत खाद्यान्न सहयोग गरेको छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully