सल्यानमा शारदा नदीको किनारमा महिलाको शव फेला

शारदा नगरपालिका–१२ गाईनेटा नजिकै शारदा नदीको किनारमा महिलाको शव भेटिएको हो ।

कार्तिक ८, २०८२

विप्लव महर्जन

Woman's body found on the banks of Sharda River in Salyan

सल्यान — सल्यानमा शारदा नदीको किनारमा एक जना महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका १२ गाईनेटा नजिकै शारदा नदीको किनारमा महिलाको शव भेटिएको हो ।

महिलाको शव शारदा नदीको किनारमा पानीमा तैरिरहेको, शरीरको आधा भागमा कपडा नरहेको र शरीरका विभिन्न भागमा हिलो लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले बताए । मृत अवस्थामा भेटिएकी महिलाको नाम, थर , ठेगाना केही नखुलेको उनले जानकारी गराए । 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शीतलपाटीको प्रहरी टोली घटनास्थलमा पुगेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाउने तयारी गरेको छ । घटनाको थप अनुसन्धान भरहेको उनको भनाइ छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully