कारागारबाट फरार दुई जनालाई सम्बन्धित कार्यालयमा बुझाइएको र अन्यलाई सजाय भुक्तानका कारागार चलान गरिएकोमा केही धरौटी तिरेर छुटेका छन् ।
सल्यान — भदौ २४ को प्रदर्शनका क्रममा दाङ र कास्की कारागारबाट भागेका दुई जना कैदीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा दाङ तुलसीपुरस्थित कारागारबाट भागेका सल्यानको बाग्चौर नगरपालिका ८ गैरीगाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की कारागारबाट फरार भएका सल्यान कपुरकोट गाउँपालिका ३ लामीडाँडाका ३६ वर्षीय रोम सिजाली मगरलाई घरमै लुकेर बसेको अवस्थामा दुई दिनअघि पक्राउ गरेको हो । उनीहरु दुवै जना जर्बजस्ती करणी अभियोगमा सजाय भोग्दै आएका थिए ।
दुई महिनायता विभिन्न आपराधिक काम संलग्न भइ फरार रहेका अन्य ५२ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले बताए ।
कारागारबाट फरार दुई जनालाई सम्बन्धित कार्यालयमा बुझाइएको र अन्यलाई सजाय भुक्तानका कारागार चलान गरिएकोमा केही धरौटी तिरेर छुटेको डीएसपी केसीले जानकारी दिए ।
