सल्यानका किसान धान भित्र्याउन व्यस्त

पाकेको बाली जंगली जनावरले नष्ट गरिदिने तथा पानी परेमा क्षति हुने डरले किसानहरु पर्वको किनमेल भन्दा पनि धान भित्र्याउन लागेका हुन् ।

आश्विन ३०, २०८२

विप्लव महर्जन

Farmers of Salyan busy importing rice

सल्यान — तिहार नजिकिँदै गर्दा जिल्लाका किसानहरु यतिबेला खेतबारीमा व्यस्त छन् । किसानहरु पाकिसकेको धानबाली भित्र्याउन लागेका हुन् ।

पाकेको बाली जंगली जनावरले नष्ट गरिदिने तथा पानी परेमा क्षति हुने डरले किसानहरु पर्वको किनमेल भन्दा पनि धान भित्र्याउन लागेका हुन् ।

Farmers of Salyan busy importing rice

बिहानदेखि बेलुकासम्मै किसानहरु खेतमा हुन्छन् । अकस्मात पानी परेमा पाकेको धानमा क्षति पुग्ने भएका कारण पनि आफूहरु तिहारअघि धान भित्र्याउन लागेको त्रिवेणी गाउँपालिका–१ काभ्राका किसान वीरबहादुर बुढाले बताए ।

Farmers of Salyan busy importing rice

‘दुई वर्ष अघि दसैं मनाएर बाली काटौंला भन्दा लगातार एक साता पानी परेपछि अधिकांशले धान भित्र्याउन पाएनन् । त्यसैले पनि तिहारअघि नै काटिसक्ने गरी लागेका छौं’ उनले भने ।

Farmers of Salyan busy importing rice

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully