डा. श्याम महर्जनका अनुसार प्राचीन चिनियाँ उपचार पद्धति अकुपञ्चरमा सुईद्वारा धेरै प्रकारका रोगको उपचार गरिन्छ ।
डोल्पा — डोल्पामा पहिलो पटक आयोजना गरिएको अकुपञ्चर स्वास्थ्य उपचार शिविरमा ८ सय २२ जनाले सेवा लिएका छन् ।
पाटन अकुपञ्चर क्लिनिकको सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकामा ५ काे खदाङ्ग र वडा १ काे त्रिपुराकोटमा ६ दिन सञ्चालन गरिएको शिविरमा ८ सय २२ जनाको नि:शुल्क उपचार गरिएको हाे ।
दुर्गम क्षेत्रका बासिन्दालाई घर-आँगनमै स्वास्थ्य उपचार सुविधा मिलाउन अकुपञ्चर शिविर सञ्चालन गरिएको पाटन अकुपञ्जर क्लिनिकका डा. श्याम महर्जनले जानकारी दिए ।
डा. मर्हजनका अनुसार प्राचीन चिनियाँ उपचार पद्धति अकुपञ्चरमा सुईद्वारा धेरै प्रकारका रोगको उपचार गरिन्छ । उपचारपछि अधिकांश बिरामीले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । शिविरमा नेपाल र स्विट्जरल्यान्डका चिकित्सक सहभागी थिए ।
