हुम्लाको चंखेलीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

चंखेली गाउँपालिका–६ मा भएको जिप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

आश्विन २४, २०८२

ज्योति कटुवाल

Jeep accident in Chankheli, Humla, three dead

सुर्खेत — हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोला नजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप शुक्रबार दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

 

मेल्छाम प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंहका अनुसार दुर्घटनामा चंखेली गाउँपालिका–६ की  बसन्ती बुढा, सोही वडाका मानवीर बुढा र उनको छोरा घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।

 

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully