कुमाख गाउँपालिका ५ चिमालकाँडा बस्ने वर्ष २३ का प्रकाश घर्तीको मृत्यु
सल्यान — सल्यानमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रुकुमको झुल्नेटाबाट नुवाकोट जादै गरेको रा २ प ७०२२ नम्बरको मोटरसाइकल सल्यानको दार्मा गाउँपालिका-५ भिरपाटीनजिकै दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका ५ चिमालकाँडा बस्ने वर्ष २३ का प्रकाश घर्तीको मृत्यु भएको हो ।
त्यस्तै पछाडि सवार रुकुम पस्चिमको चौरजहारी नगरपालिका १४ न्याउलीका बर्ष १८ का महेन्द्र पुन घाइते भएका हुन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका घर्तीलाई उपचारको लागि रुकुमको जिल्ला अस्पताल सल्लेमा लगिएको र त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । घाइते भएका महेन्द्र पुनको जिल्ला अस्पताल सल्लेमा उपचारपछि घर फर्केका उनले जानकारी गराए ।
