चंखेली जिप दुर्घटना : घाइते पाँच जनालाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइयो

दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई सेनाको हेलिकप्टरमार्फत शुक्रबार कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको छ ।

आश्विन २४, २०८२

ज्योति कटुवाल

Chankheli Jeep accident: Five injured people were brought to Surkhet by army helicopter

सुर्खेत — हुम्लाको चंखेली गाउँपालिका–४ देशीखोलामा जिप दुर्घटनामा परेका पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका जाकृती रोकाय, पार्वती सिरा, कैलाश सिरा, बहादुर लामा र महेन्द्र रोकायलाई सेनाको हेलिकप्टरमार्फत शुक्रबार कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको सेनाका पाइलट महासेनानी दीपध्वज खड्काले जानकारी दिए । 

घाइतेहरूको अवस्था गम्भीर भएकाले पिप्लाङ स्वास्थ्य चौकीले तत्काल प्रदेश अस्पताल सुर्खेत रिफर गरेको हो ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully