सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित झोलुङ्गे पुल नजिकै शारदा नदीमा पौडी खेल्ने क्रममा डुबेर शारदा नगरपालिका–२ खलंगाका वर्ष १८ का युवकको मृत्यु भएको हो ।
सल्यान — सल्यानको शारदा नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरस्थित झोलुङ्गे पुल नजिकै शारदा नदीमा पौडी खेल्ने क्रममा डुबेर शारदा नगरपालिका–२ खलंगाका वर्ष १८ का सुदर्शन उपाध्यायको मृत्यु भएको हो ।
सोमबार दिउँसो शारदामा पौडी खेल्ने क्रममा डुबेका सुदर्शन उपाध्याय खोजतलास गर्दा पानीमुनि तारजाली लगाएको स्थानमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए ।
मृत्यु भएका उपाध्यायको शवपोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनले जानकारी गराए । उनका अनुसार वर्ष १८ सुदर्शन उपाध्याय र १६ का सुजन उपाध्याय शारदा नदीमा पौडी खेल्न गएका थिए ।
