उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो [तस्बिरहरु]

गत वैशाखमा लगाएको उवा छ महिनापछि यतिबेला किसानलाई भित्र्याउन भ्याइनभ्याइ छ ।

आश्विन १३, २०८२

महेश केसी

Upper Dolpa Lice Injector [Photos]

रुकुम पश्चिम — यतिबेला सबैतिर दसैंलगायतका विभिन्न चाडपर्वको माहोल छाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका विभिन्न स्थानमा भने उवा भित्र्याउने चटारो छ। गत वैशाखमा लगाएको उवा छ महिनापछि भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ।

उच्च हिमाली क्षेत्र भएकाले वर्षमा एक बाली मात्रै हुने यस क्षेत्रमा उवा यहाँको मुख्य बाली हो।

Upper Dolpa Lice Injector [Photos]

स्थानीय कोन्जोक ल्याक्याप गुरुङका अनुसार उवाबाट खासगरी सातु, छ्याङ र पशुवस्तुलाई खानाको रूपमा प्रयोग गरिन्छ । उनले भने, 'असोजदेखि चैतसम्म चिसो हुने र वैशाखदेखि केही न्यानो हुने भएकाले पछिल्ला छ महिना उवा खेती हुन्छ । हिउँदमा हिउँ पर्ने र चिसो हुने भएकाले यहाँ मुख्यतः एक बाली मात्रै हुन्छ ।'

Upper Dolpa Lice Injector [Photos]

अधिकांशले बौद्ध धर्म मान्ने भएकाले यहाँ दसैं–तिहारलगायतका चाडबाडको खासै रौनक नहुने बताउँदै ल्याक्याप गुरुङले यतिबेला उवा भित्र्याउने काम नै आफूहरूको मुख्य काम भएको बताए।

Upper Dolpa Lice Injector [Photos]

शे–फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार गाउँपालिकाका विभिन्न वडामा रहेका किसानमध्ये प्रायः सबैले उवा खेती गर्ने जानकारी दिए । उवाबाहेक यस भेगमा आलु, फापर र तोरी पनि केही मात्रामा उत्पादन हुने उनको भनाइ छ ।

Upper Dolpa Lice Injector [Photos]

Upper Dolpa Lice Injector [Photos]

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully