कर्णाली नदीमा बेपत्ता भएका हंस बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको खुलेको छ ।
सुर्खेत — हुम्ला चंखेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै दुइजना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेका अनुसार हंस बुढा र कर्मा बोहरा कर्णाली नदीमा हाम फालेको स्थानीयले खबर गरेपछि प्रहरीले खोजी गर्न सुरु गरेको हो । प्रहरीका अनुसार घरसमाजमा आफूहरुलाई माया प्रेमको शंका गरेर समाजमा बस्न नसकेको भन्दै फेसबकमा स्टाटस लेखेको प्रमाण भेटाएको छ ।
उनले भने, ‘दुई जना नदीमा हाम फालेको खबर प्राप्त हुनसाथ प्रहरीले खोजी गरे पनि भेटिएको छैन ।’
बेपत्ता भएका बुढा गाउँपालिकाको शिक्षा शाखामा ‘कम्प्युटर अपरेटर’ रहेको खुलेको छ ।
