दसैंका लागि सल्यानबाट साढे ४ करोड बराबरका २ हजार बढी खसीबोका निकासी

जिल्लाको १० स्थानीय तहमध्ये प्रत्येकबाट २ सय बढी खसीबोका निकासी भएको पशु अस्पताल तथा पसु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र कुमार केसीले जानकारी दिए ।

आश्विन ८, २०८२

विप्लव महर्जन

Export of more than 2,000 khasibo worth 4.5 crores from Salyan for Dasain

सल्यान — सल्यानका १० स्थानीय तहबाट दसैंका लागि करिब साढे ४ करोड रुपैयाँ बराबरका २ हजार २ सय खसीबोका निकासी भएका छन् ।

जिल्लाको कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर, घुईयाबारी नाका हुदै साढे ४ करोड मूल्य बराबरका खसीबोका निकासी भएका हुन् ।

जिल्लाको १० स्थानीय तहमध्ये प्रत्येकबाट २ सय बढी खसीबोका निकासी भएको पशु अस्पताल तथा पसु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र कुमार केसीले जानकारी दिए । जिल्लामा किसानहरुले पालेका खसीबोका ध्रुवतारा खसीबोका सप्लायर्स, बागेश्वरी भेडाबाख्रा सप्लायर्स, गरुड एग्रिकल्चर प्रालि, विभिन्न सहकारी लगायत स्थानीय खरिदकर्ताबाट निकासी भएका उनले जानकारी गराए ।

उनका अनुसार जिल्लाका एक पालिकाका किसानले वर्षभरी खसीबोका बिक्री गरेर ८ देखि १० करोडसम्म भित्र्याउँदै आएकामा यो दसैमा मात्र एक पालिकाका किसानले ४० लाख भन्दा बढिी भित्रयाएका छन् । सल्यानबाट निकासी भएका खसीबोका सबै भन्दा बढी काठमाडौं र अन्य ठूला सहरमा गएको उनको भनाइ छ । 

किसानले घरमा नुन ,तेल, खाद्यान्नको जोहोका लागि विगतमा ४/६ वटा देखि १०/१५ वटा पाल्दै आएकोमा जिल्ला बाहिरका शहरमा माग बढेपछि पछिल्लो समय किसानले व्यवासायिक रुपमा ३० देखि १ सयसम्म बाख्रापालन गर्दै आएका छन् । 

जिल्लामा ८० प्रतिशत किसानले बाख्रापालन गर्दै आएका र बिक्री गरेर वार्षिक ६० करोड भन्दा माथि  भित्र्याउँदै आएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully