पहिरो हटाएपछि राप्ती राजमार्ग सञ्चालनमा

कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध थियो ।

भाद्र १३, २०८२

विप्लव महर्जन

After removing the landslide, Rapti highway is in operation

सल्यान — कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै खसेको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग खुलेको छ । डोजरले पहिरो हटाएपछि अवरुद्ध राप्ती राजमार्ग खुलेको हो । 

पहिरो खसेपछि शुक्रबार विहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलेपछि रोकिएका यात्रुवाहक सवारीसाधन गन्तव्यतिर गइसकेका छन् ।

चोरखोलामा नजिकै बाँसबारी घुम्तीमा खसेको पहिरो डोजरले हटाएपछि एक घण्टापछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully