जुम्ला तातोपानी-४ को वडा कार्यालयमा चोरी

वडाध्यक्षको कार्यकक्ष र स्टोर कक्षमा ढोका फोडेरभित्र रहेका सबै सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

भाद्र ७, २०८२

डीबी बुढा

Theft at the ward office of Jumla Tatopani-4

What you should know

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका-४ को वडा कार्यालयमा चोरी भएको छ । शुक्रबार राति वडा कार्यालयमा चोरी भएको हो । वडा कार्यालयसँगै नजिकै रहेको स्वास्थ्यचौकीमा समेत चोरी भएको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । 

वडाका कार्यालय सहयोगीले शनिबार बिहान ८ बजेतिर मात्रै वडा कार्यालयमा चोरी भएको थाह पाएका थिए । वडाध्यक्षको कार्यकक्ष र स्टोरको ढोका खुला देखेपछि कार्यालय सहयोगीले वडाध्यक्ष रोकाया र नजिकैको प्रहरी चौकी हाँकुलाई फोन सम्पर्क गरेर जानकारी दिएका थिए । वडा कार्यालय हाँकु गाउँभित्रै रहेको छ भने स्वास्थ्यचौकी गाउँको छेउमै छ ।

जिल्ला प्रहरी कार्यालयले वडा कार्यालय चोरी भएको जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी हाँकुदेखि अनुसन्धान टोली खटाएको थियो । टोलीसँगै जनप्रतिनिधिले पनि घटनास्थलको निरीक्षण गरेका छन् । 

वडाध्यक्षको कार्यकक्ष र स्टोर कक्षमा ढोका फोडेरभित्र रहेका सबै सामान चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डेल कम्पन्नीको ल्यापटप १ वटा, र्‍याकमा राखेको राष्ट्रिय झन्डा दुई वटा, गिडिदहको चित्रअंकित भिजिलिटी टिर्सट ३२ वटा, नुन अनुमानित ३० पोका र नुन बिक्री गरेर र्‍याकमा राखिएको नगद ११ हजार तीन सय रुपैयाँसमेत चोरी भएको छ । 

Theft at the ward office of Jumla Tatopani-4

वडा कार्यालय दुई तलाको छ । तल्लो तलामा रहेको प्रशासन शाखाको मूलढोकामा लगाएको ताला फोड्ने प्रयास गरेको तर साँचो फोड्न नसकेको देखिएको छ । वडा कार्यालयबाट चोरेर गएको टोलीले हाँकु स्वास्थ्यचौकीमा पनि सबै कोठाका ढोकामा लगाएको साँचोहरु फोडेर सामान छरपस्ट पारेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । शनिबार सबै कर्मचारी नभएकोले वास्तविक विवरण प्राप्त हुन सकेको छैन । वडाध्यक्ष रोकायले भने,‘आइतबार सबै विवरण प्राप्त हुनेछ ।’ दिनदहाडै गाउँमा रहेको वडा कार्यालयमा चोरी भएकोले गाउँमा त्रास फैलिएको छ । 

हाँकु प्रहरीचौकीले वडाभित्रका कुनै पनि बस्तीभित्र राति ११ बजेपछि हिँड्डुल नगर्न र उक्त समयमा कहींकतै होहल्ला भएमा, शंकास्पद व्यक्तिहरु भेटिएमा जानकारी दिन आग्रह गरेको छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully