डोल्पामा जंगली च्याउ खाँदा रोल्पाका छ जना बिरामी

बिरामी परेका सबैको जिल्ला अस्पताल डोल्पामा करिब ११ घन्टाको उपचारपछि बिहीबार दिउँसो डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए

भाद्र ५, २०८२

रामचन्द्र न्यौपाने

Six sick from Rolpa after eating wild mushrooms in Dolpa

डोल्पा — डोल्पामा जंगली च्याउ खाँदा रोल्पाका छ जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा रोल्पा जिल्ला थवाङ गाउँपालिका-४ घर भएका ३० वर्षीय लालकुमार रोका, ३७ वर्षीया सिमा रोका, ५० वर्षीय गौरे रोका, ६० वर्षीया रुपी रोकाय रोका, ७० वर्षीया बिमला घर्तीमगर र सुनछहरी गाउँपालिका १ घर भएका ३५ वर्षीय प्रेम घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

बिरामी परेका सबै ठुलिभेरी नगरपालिका-३ दुनैमा बस्दै आएका थिए ।

बिरामी परेका सबैको जिल्ला अस्पताल डोल्पामा करिब ११ घन्टाको उपचारपछि बिहीबार दिउँसो डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

बर्खाको समयमा जताततै च्याउ पाइने र बिषालु च्याउले ज्याने लिनसक्ने खतरा हुने भएकाले पहिचान गरेरमात्र च्याउको प्रयोग गर्न सर्वसाधारणलाई डीएसपी खड्काले आग्रह गरे ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully