उपल्लो डोल्पामा बाढीले बगाउँदा बालकको मृत्यु

शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ नाम्दो गाउँ बस्ने ९ वर्षीय बालकको बाढीमा बगेर मृत्यु भएको हो

भाद्र ३, २०८२

रामचन्द्र न्यौपाने

Child dies due to flood in Upper Dolpa

डोल्पा — माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा बाढीले बगेर एक जना बालकको मृत्यु भएको छ ।

वडा नम्बर ४ नाम्दो गाउँ बस्ने स्थानीय ग्याल्छेन लामाका ९ वर्षीय छोराको मृत्यु भएको हो । 

सोमबार दिउँसो गाउँनजिकै रहेको खोलामा आएको बाढीले बगाएर बालकको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङले जानकारी दिए । उनका अनुसार घटना घटेको आफूलाई खबर प्राप्त भएपनि आफू बाहिर रहेकाले जानकारी लिन नसकिएको बताए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले मौखिक खबर आएपनि फोन सम्पर्क हुन नसक्दा विस्तृतमा जानकारी लिन नसकिएको बताए ।

घटनाका विषयमा जानकारी लिन उपल्लो डोल्पामा रहेका प्रहरी युनिटहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहेको डिएसपी खड्काको भनाइ छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully