रुकुम पश्चिम र पूर्वमा विद्युत सेवा अवरुद्ध

दाङबाट सल्यान हुँदै रुकुम पश्चिमसम्म आएको ३३ केभीए प्रसारण लाइनमा समस्या आएका कारण अवरुद्ध विद्युत सेवा नियमित हुन सकेको छैन ।

भाद्र २, २०८२

महेश केसी

Electricity service interrupted in Rukum West and East

रुकुम पश्चिम — रुकुम पश्चिम र पूर्वमा आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध छ। दाङबाट सल्यान हुँदै रुकुम पश्चिमसम्म आएको ३३ केभीए प्रसारण लाइनमा समस्या आएका कारण अवरुद्ध विद्युत सेवा नियमित हुन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम प्रसारण केन्द्रका प्रमुख वीरमान रास्कोटीले सल्यानको सिमखोली भन्ने ठाउँमा आइतबार बिहानपख परेको चट्याङका कारण पोलमा असर परेको र समस्या पहिचान भइसकेको बताए।

उनका अनुसार समस्या समाधानका लागि समेत पहल भइरहेको छ। ‘सल्यानको बागचौरसम्म पनि हाम्रै कार्यक्षेत्र हो । यहाँ (रुकुम मुसिकोट)बाट समस्या पहिल्याउदैं जाँदा सिम खोलीमा फल्ट देखिएपछि मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘करिब १ बजेभित्रमा विद्युत नियमित गर्नगरी काम गरिरेका छौँ ।’

दुई जिल्लामा २४ घण्टादेखि विद्युत अवरुद्ध हुँदा जनजीवनमा यसको असर परेको छ भने टेलिफोन तथा इन्टरनेट सेवा पनि अनियमित भएको छ ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully