सोरुमा सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै प्रमुख प्रशासकीय अधिकृतसहितविरुद्ध मुद्दा दायर

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सवइञ्जिनियर जगतबहादुर मल्ल विरुद्ध सात लाख छ हजार ७९९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

भाद्र २, २०८२

रासस

A case was filed against the chief administrative officer for corruption during road construction in Soru

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।

सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान तीन लाख ७३ हजार ४३९ हजार गरी सडक निर्माणको कूल लागत ४० लाख १३ हजार ४३९ तय गरिएको थियो। 

त्यसमा तोकिए बमोजिम काम नगरी बढी काम गरेको देखाएर रु सात लाख छ हजार ७९९ बराबर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सवइञ्जिनियर जगतबहादुर मल्ल विरुद्ध रु सात लाख छ हजार ७९९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाको श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाई विरुद्ध समान बिगो माग दाबी गरिएको छ ।

अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाही विरुद्ध कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

रासस

Link copied successfully