सामान्य विवादमा उनले श्रीमतीलाई टाउकोमा हँसिया प्रहार गरी सख्त घाइते बनाएका थिए ।
सल्यान — सल्यानमा श्रीमतीलाई हँसिया प्रहार गरेर गम्भीर घाइते बनाउने ३२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
श्रीमतीलाई हँसिया प्रहार गर्ने शारदा नगरपालिका १४ माल्नेटा घर भई हाल श्रीनगर बजारमा घर भाडामा लिई बस्दै आएका ३२ वर्षीय दीपक कवरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार कवरले वर्ष २७ की श्रीमती पवित्रा बुढाथोकीलाई सामान्य विवाद परेपछि टाउकोमा हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट पवित्रा गम्भीर घाइते भएकी थिइन् । बेहोस अवस्थामा रहेकी उनलाई सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लागिएको छ ।
