डोल्पामा हिँउचितुवाको आक्रमणबाट २५ भेडा मरे

चरिचरनका लागि पाटनमा छाडेको बेला राति हिँउचितुवाले आक्रमण गरेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक यामबहादुर बस्नतले जानकारी दिए ।

श्रावण ३०, २०८२

रामचन्द्र न्यौपाने

25 sheep died in Dolpa due to snowstorm attack

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने बडाखर्क लेकमा हिँउचितुवाको आक्रमणबाट २५ भेडा मरेको पीडित किसानले बताएका छन् ।

चरिचरनका लागि पाटनमा छाडेको बेला राति हिँउचितुवाले आक्रमण गरेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक यामबहादुर बस्नतले जानकारी दिए । उनका अनुसार मृत भेडामध्ये स्थानीय नरी थापाका ११, लक्ष्मी रोकायका ५ र पदम बुढाका ३ रहेका छन् । हरि केसीका ३ र बलबहादुर उखेडाका पनि ३ भेडा मृत भेटिएका छन् ।

पीडित किसानहरूले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully