आठबिसकोटको घेत्मा स्वास्थ्य चौकीमा पसेर होहल्ला गर्ने प्रक्राउ

गत सोमबार राति एक्कासि अस्पताल परिसरमा आएर होहल्ला गरी त्यहाँका सरसामानमा समेत क्षति पुर्‍याउनेलाई प्रहरीले प्रक्राउ गरेको हो ।

श्रावण २८, २०८२

महेश केसी

Aathbiskot's Keetma health post and rioting

What you should know

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–१४ स्थित घेत्मा स्वास्थ्य चौकीमा पसेर होहल्ला गर्ने एक जना प्रक्राउ परेका छन् । सोमबार राति ११ बजेतिर एक्कासि अस्पताल परिसरमा आएर हो–हल्ला गरी त्यहाँका सरसामानमा क्षति पुर्‍याउने स्थानीय तिलक मल्ललाई प्रहरीले प्रक्राउ गरेको हो ।

रातीपख स्वास्थ्य चौकीभित्र एक जना महिलाको प्रसूति गराउने काम भइरहेका बेला एक्कासि होहल्ला गर्दै उनी स्वास्थ्य चौकी परिसरमा आएको त्यहाँका प्रमुख जनस्वास्थ्य निरीक्षक देवबहादुर चन्दले बताए । घटना घटेको रातको भिडियोसमेत हेर्दा मल्लले हातमा धारिलो हतियार बाकेर प्रवेशद्वार फोरेर जबरजस्ती भित्र पसेको प्रस्ट देख्न सकिन्छ । साथै उनले अश्लील शब्दहरु समेत बोलेको र रोक्न खोज्ने स्वास्थ्यकर्मीमाथी हातपात गरेको देखिन्छ । 

यस विषयमा थप जानकारी दिँदै स्वास्थ्य चौकी प्रमुख चन्दले आफूहरु बिरामीको उपचारमा व्यस्त भएकाबेला यस प्रकारको घटना भएपछि डराएको बताए । ‘स्वास्थ्य चौकीको प्रवेशद्वारमा हानेर हतियारसहित भित्र पसी आकस्मिक पर्दा प्रयोग गर्न रोकिराखेको गाडी, परिसरमा रहेको टेन्ट, कुसी लगायतमासमेत क्षति पुग्यो,’ उनले भने, ‘साथै जaरजस्ती प्रसूति कक्षमा प्रवेश गर्न खोज्दा रोक्ने स्वास्थ्य चौकीका महिला कर्मचारीमाथि समेत हातपात गरेको हो ।’ 

यो घटनाबारे मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो । जाहेरीलगत्तै आठबिसकोटस्थित घरबाटै मल्ललाई पक्राउ गरी ‘अपराधिक उपद्रव’ अन्तर्गत मुद्दा दर्ता गरेको डिएसपी विष्टले जानकारी दिए । 

स्वास्थ्य चौकीमा यसप्रकारको घटना घटेपछि आफूहरु डराएको त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन् । र घटनामा संलग्नलाई कानुन अनुसार कारबाही गर्न समेत माग गरेका छन् । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully