गगने खोलामा पहिरो गएर शुक्रबार बेलुकीदेखि सडक अवरुद्ध भएकोले सुर्खेतबाट आएका गाडीलाई दैलेखको मालाचौर र खिड्की ज्युला रोकिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए ।
कालीकोट — पहिरोले कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डको गगने खोलामा सडक पुन : अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखिको वर्षाले बेलुकी ६ बजे गगने खोलामा लेदो सहितको पहिरो बगेपछि सडक अवरुद्ध भएको हो ।
गगने खोलामा पहिरो गएर शुक्रबार बेलुकीदेखि सडक अवरुद्ध भएकोले सुर्खेतबाट आएका गाडीलाई दैलेखको मालाचौर र खिड्की ज्युला रोकिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए । 'अहिले खुलाउन सकिने अवस्था छैन,' उनले भने, 'पानी रोकियो भने भोलि बिहान पहिरो हटाएर यातायात सुचारु गर्न सकिएला ।' उनले पानी लगातार परिरहेकोले पहिरोमा काम गर्न पनि नसकिने अवस्था छ ।
कर्णाली राजमार्गको गगने खोलामा प्रत्येक वर्ष पहिरो जाने गर्छ । दुई वर्षअघि त्यही ठाउँको पहिरो रोक्न सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्कामार्फत ग्याविन जाली लगाए पनि गत वर्ष पूरै बगाएको छ ।
