५ जना गम्भीर घाइतेसहित चालक र सहचालकलाई उपचारका लागि कालीकोट जिल्ला अस्पताल लगिएको छ ।
कालीकोट — कर्णाली राजमार्गअन्तर्गत सुर्खेत जुम्ला सडकखण्डको कालीकोट चौखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । शुक्रबार बिहान १० बजेतिर जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप खाँडाचक्र नगरपालिका– १० चौ खोलामा दुर्घटनामा परेको हो ।
घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए । ५ जना गम्भीर घाइतेसहित सामान्य घाइते, चालक र सहचालकलाई उपचारका लागि कालीकोट जिल्ला अस्पताल लगिएको छ । उनका अनुसार जिप सडकबाट अन्दाजी एक सय मिटर तल तिला नदी किनारमा खसेको छ । घाइतेहरुको नाम ठेगाना खुल्न बाँकी छ ।
