अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको हो ।

श्रावण २०, २०८२

रासस

The blocked Karnali highway was opened

जुम्ला — पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेदोसहितको पहिरोले सोमबार बेलुकी ७ः०० बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड मंगलबार साँझदेखि सञ्चालनमा आएको हो ।

कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो ।

रासस

Link copied successfully