कालिकोटको सरकारी टोली बडिमालिकातर्फ प्रस्थान

परम्परादेखि चलिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको मातहतबाट डोली र भेटी सहित सरकारी टोली माईको दर्शको लागि हिँडेको हो

श्रावण १७, २०८२

तुलाराम पाण्डे

Government team from Calicut leaves for Badimalika

What you should know

कालिकोट — यहाँको जिल्ला प्रशासनको नेतृत्वमा पूजाको डोली बोकेर पहिलो पटक सरकारी टोली बडिमालिका मन्दिर प्रस्थान गरेको छ ।

यसअघि जुम्ला  र डोटी जिल्ला प्रशासनबाट मात्र सेना प्रहरीसहितको सरकारी टोली  बाजुरास्थित बडिमालिका मन्दिर जाने गरेकोमा कालिकोटबाट पनि यसपटक डोली लिएर सरकारी टीली गएको छ । 

शुक्रबार मान्मबाट हिँडेको टोली शनिबार बिहान रास्कोटबाट उकालो लागेको छ । बडिमालिकाको प्रमुख तीर्थस्थल त्रिवेणी धाम कालिकोटकै भूगोलमा पर्ने र मुख्य पुजारी पनि कालिकोटको फुकोटबाट जाने भएकाले जिल्लाको तर्फबाट १० जना सरकारी टोलीसहित पठाइएको प्रजिअ नारायण प्रसाद भट्टराईले बताए ।

Government team from Calicut leaves for Badimalika

बडिमालिका पश्चिम नेपालकै प्रमुख धार्मिक स्थल हो । उनले भने, ‘तीर्थ यात्री नुहाएर शुद्ध हुने त्रिवेणी धाम, ज्यूली पाटन र पुजारी पनि कालिकोटबाट जाने परम्परा रहेकोले सम्मान स्वरुप सरकारी टोली पठाएका हौं ।’ उनले कालिकोटबाट ६ दिनमा टोली पुगेर फर्किने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका खरिदार लक्ष्मीरुद धितालको नेतृत्वमा १० जनाको सरकारी टोली, मुख्य पुजारी हरिकृष्ण धमलासहित तीन जना पुजारी  र अन्य स्थानीय भक्तजन बडिमालिका गएको जिल्ला प्रशासनका कर्मचारी लक्ष्मीप्रसाद पाण्डेले बताए ।

टोलीले जिल्ला प्रहरी कार्यालय अगाडिको  मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो । परम्परादेखि चलिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको मातहतबाट डोली र भेटी सहित सरकारी टोली माईको दर्शको लागि हिँडेको हो । बडिमालिका माताको मन्दिरमा पूजाआजा गरे मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

Government team from Calicut leaves for Badimalika

प्रमुख जिल्ला अधिकारी भट्टराई, प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत, सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र स्थानीय भक्तजनहरूले टोलीलाई बिदाई गरेका छन् । बडिमालिकाको पूजाका लागि तत्कालीन सिँजा राज्य जुम्लाबाट सरकारी पूजा सामग्री (डोली) पठाइन्थ्यो भने डोटी राज्यको प्रतिनिधित्व गर्दै डोटीबाट सरकारी पूजा सामग्री (पेठारो) लिएर पुग्ने चलन छ ।

बडिमालिका जाने भक्तहरू कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्ने जिउली (त्रिवेणी) पाटनमा पाल हालेर बास बस्ने, पूजाको बिहान त्रिवेणी धाममा नुहाएर मन्दिर पुगेर दर्शन गरी फर्किने गर्छन् ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully