पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Rapti highway blocked after landslide

सल्यान — पहिरोका कारण राप्ती राजमार्ग १० घण्टादेखि अवरुद्ध भएको छ । जिल्लाको बाग्चौर नगरपालिका २ खरिबोट नजिकै ठूलो पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

बाटो बन्द भएपछि सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् । नजिकका यात्रुहरु भने हिँडेर गन्तव्यतिर गइरहेको प्रहरीले जनाएको छ । 

मंगलबार राति गएको पहिरो अहिले सडक डिभिजनको जेसीबीले पन्छाउने काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले पहिरो हटाउन केही समय लाग्ने बताएका छन् ।

कान्तिपुर

Link copied successfully