What you should know
कालीकोट — बालविवाह न्यूनीकरण गर्न कालीकोटमा बालविवाह विरुद्ध जिल्लास्तरीय सञ्जाल गठन भएको छ । मानवअधिकारकर्मी कालीबहादुर मल्लको नेतृत्वमा बालविवाह विरुद्ध साझा अभियान जिल्ला शाखाको गठन भएको हो ।
जिल्लामा बालविवाह विरुद्ध अभियान सञ्चालन गर्न गठित समितिको उपाध्यक्षमा राजेन्द्र सहकारी, सचिवमा नमराज योगी, सहसचिव नेत्रबहादुर शाही, कोषाध्यक्ष निस्ताकुमारी कार्की, सदस्यहरुमा पार्वती चौलागाई, ललित विष्ट, डिल्लीप्रसाद चौलागाई, दिलु बम, निदरा सुनार र रमेश सुनार चयन भएका पूर्वअध्यक्ष खडानन्द अधिकारीले बताए।
उनका अनुसार कर्णाली प्रदेशस्तरीय सञ्जालको १० वटै जिल्लामा समिति गठन गरेर बालविवाह विरुद्ध अन्तक्रिया, सडक नाटक, बाल विवाहको अनुगमन लगायतका काम हुँदै आएको छ ।
