जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

असार ३०, २०८२

तृप्ति शाही

One killed, one injured in tractor accident in Jajarkot

वीरेन्द्रनगर — सोमबार जाजरकोटमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–९ का २० वर्षीय धनबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

छिन्चु–जाजरकोट सडक खण्डको फेरा क्षेत्रदेखि छेडाचौर जाँदै गरेको क.प्र. ०१–००२ त ०६००७ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १०० मिटर तल भेरी नदीको किनारमा खस्दा उक्त दुर्घटना भएको हो। घटनास्थलमै धनबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरका सहचालक भेरी नगरपालिका–७ बस्ने १५ वर्षका वीरेन्द्र परियार घाइते भएका छन्। उनको उपचार मिसन अस्पताल चौरजहारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता हरिराम डाँगीले जानकारी दिए।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully