मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने २ जना पक्राउ

असार १८, २०८२

तृप्ति शाही

2 people were arrested for demanding money to settle the case

वीरेन्द्रनगर — मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने २ जना पक्राउ परेका छन् । बर्दियाको गेरूवा गाउँपालिका-३ शान्तिबजार घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० मा बस्ने ४३ वर्षीय कृष्णबहादुर थारु र  वीरेन्द्रनगर-१३ ईन्द्रपुर बस्ने ३४ वर्षीया मुना चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अभद्र व्यवहार कसुरमा अनुसन्धानको क्रममा जिल्ला प्रहरीको हिरासतका प्रतिवादीलाई हिरासतमुक्त गराई मुद्दा मिलाइ दिन्छु भनी आपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले हिरासतमा रहेको व्यक्तिको परिवारबाट ५० हजार रुपैयाँ असुली गरेको प्रहरीले बताएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिई  बेइमानीपूर्वक आर्थिक लाभ उठाई आपराधिक लाभ (एक्सटर्सन) को कसुरमा अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully