दानपेटिका फुटाएर मन्दिरकाे भेटी चाेर्ने एकजना पक्राउ

असार १५, २०८२

डीबी बुढा

A man was arrested for breaking the donation box and stealing the offerings of the temple

जुम्ला — जुम्लास्थित चन्दननाथ मन्दिरमा रहेकाे दानपेटिकाबाट भेटी चाेर्ने चन्दननाथ-१० का २७ वर्षीय वीरजित कामी पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेकाे हाे । 

उनी मजदुरी काम गर्दै आएका छन् । गत बिहीबार दिउँसो २:४० मा दानपेटिकाबाट भेटी चाेरी भएको थियाे । दानपेटी फाेडेकाे सीसी टिभी फुटेजले अनुसन्धान गर्न सहज भएको प्रहरीले जनाएको छ  ।

प्रहरी प्रमुख डीएसपी रबिनबाबु रेग्मीले मन्दिरकाे सुरक्षालाई थप कडा पारिएको बताए । अहिले प्रहरी हवल्दार नेतृत्वको प्रहरीले मन्दिरकाे सुरक्षा दिइरहेको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully