वीरेन्द्रनगर — सुर्खेतमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० स्थित नयाँगाउँबाट लागूऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखाबाट खटिएको संयुक्त प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा लागुऔषध ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कालिकोटको रास्कोट नगरपालिका – ५ का १८ वर्षीया सुनिल शाही, तिलागुफा नगरपालिका–३ का नवराज बोहोरा र दैलेखको चामुण्डाविन्द्राशैनी नगरपालिका –४ का दिनेश विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा १ सय ६३ ट्याब्लेट लागूऔषध ट्रामाडोल फेला पारेको उनले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
