वीरेन्द्रनगर — सुर्खेत प्रहरीले ३५ बोरा अवैध रुपमा ओसारपोसार गर्न लागिएको जडिबुटी नियन्त्रणमा लिएको छ ।
वीरेन्द्रनगर नगरपालिका- ६ बसपार्कबाट भे. १ च. ३५९२ नं. को गाडीबाट प्रहरीले ३५ बोरामा २ क्विन्टल ९१ किलो १०० ग्राम अवैध जडिबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जुम्लारोडबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी शंका लागेर जाँच गर्दा बिना पूर्जी बिल बिजकको झ्याउजस्तो देखिने अवैध जडिबुटी फेला पारी नियन्त्रणमा लिइको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । बिल भर्पाईमा सिन्की, गुन्द्रुक खुल्न आएको भएपनि जडिबुटी भेटिएपछि चालकसहित गाडी नियन्त्रणमा लिएको उनले बताए ।
प्रवक्ता बुढथापामा अनुसार गाडी चालक प्यूठान जिल्लाका ३५ वर्षका सुमन घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको छ ।
