वर्षासँगै पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

जेष्ठ ३०, २०८२

विप्लव महर्जन

Rapti highway blocked due to landslides along with rain

सल्यान — बर्सातपछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका-३ स्थित चोरखोलामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले सडक निर्माण कम्पनीको एक्स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको बताए । उनका अनुसार चोरखोलादेखि राम्रीसम्म सुरु गरिएको कालोपत्रको काम समेत प्रभावित भएको छ । 

ठूलो पहिरो झरेकाले सडक खुल्न अझै केही समय लाग्ने उनले बताए । बिहानदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा समेत गाडी चल्न सकेका छैनन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully