सामुदायिक वनका २३ उपभोक्तालाई उन्नत जातका बाख्रा

जेष्ठ २७, २०८२

विप्लव महर्जन

Goats of improved breed to 23 consumers of community forest

काठमाडौँ — जिल्लाको शारदा नगरपालिका-९ नयाँबस्ती सामुदायिक वनले आफ्ना २३ उपभोक्तालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । स्थानीय उपभोक्ताको आर्थिक अवस्था सुधारको लागि सामुदायिक वनले उपभोक्तालाई बाख्रा वितरण गरेको हो । 

सामुदायिक वनमा भएको वन पैदावार विक्री गरी जम्मा भएको रकममध्येबाट उपभोक्तालाई ५ लाख बराबरको बाख्रा वितरण गरेको सामुदायिक उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर थापाले बताए । 

‘पछिल्लो समय जिल्लाबाहिर खसीबोकाको माग अत्यधिक छ । १०/१२ वटा बाख्रा पालेकाले पनि वर्षमा सामान्य रुपमा एक लाखदेखि डेढ लाखसम्म कमाउँदै आएका छन् । आयस्तर कमजोर भएका र बेरोजगारलाई रोजगारी मिल्ने मात्र नभई बिहान बेलुकीको खर्च टर्ने, नुन तेल किन्न सहज हुने, बिरामी पर्दा उपचार गर्ने पैसाका लागि ऋ ण लिन नपर्ने विश्वास छ,’ उनले भने । 

सामुदायिक वनले बाख्रा वितरण गरेपछि उपभोक्ता खुसी भएका छन । सामुदायिक वनले दिएको एक बाख्राबाट दुई, चार गर्दै बढाउँदै लैजाने स्थानीय उपभोक्ता शर्मिला बोहराले बताइन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully