दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

जेष्ठ २३, २०८२

ज्योति कटुवाल

One person died when a loaded gun went off in Dailekh

सुर्खेत — दैलेखको महाबु गाउँपालिका–४ बतासेमा सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झर्दा चिप्लिएको साथीको बन्दुक पड्किँदा स्थानीय पूर्णबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुकको गोलीले पूर्णबहादुर थापाको छाती र ढाड छेड्दा घटनास्थलै मृत्यु छ ।

घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully