कर्णाली करिडोर खुलालु लालीघाट सडक ४ दिन बन्द हुने

जेष्ठ १७, २०८२

तुलाराम पाण्डे

Karnali Corridor will be opened and Lalighat road will be closed for 4 days

कालिकोट — कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु–लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

यहीको बाटो हुँदै आवतजावत गर्ने कालिकोट, बाजुरा र हुम्लालगायतका नागरिकलाई सास्ती हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले प्रकाशित गरेको सूचना अनुसार शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले सडकको स्तरोनतिका लागि चार दिन सडक बन्द निर्णय गरेको सहायक प्रजिअ जनक शर्माले जानकारी दिए ।

उनका अनुसार यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म सो सडक खण्ड बन्द रहनेछ । कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला बाजुरा र कालिकोटको सान्नी त्रिवेणी, रास्कोट, पचालझरना र पलाताबाट आएका गाडी लालीघाटमा रोकिएर पल्टी गरी यात्रुलाई गन्तव्यमा पठाउन सकिने छ ।

Karnali Corridor will be opened and Lalighat road will be closed for 4 days

सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन रहेको यस सडक खण्डमा आवश्यक संरचना निर्माण तथा मर्मत सम्भारका लागि सवारी साधनको आवतजावत रोकिएको हो । निर्माण कार्य सहज रूपमा सञ्चालन गर्नका लागि चार दिनका लागि करिडोरको करिब १ किमी खण्ड  बन्द गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ । उक्त ठाउँ साँघुरो र अप्ठेरो छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully