सल्यानमा जिप दुर्घटना, ९ जना घाइते

जेष्ठ ११, २०८२

विप्लव महर्जन

Jeep accident in Salyan, 9 injured

सल्यान — सल्यानमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  कपुरकोट गाउँपालिका ५ रिमदेखि तुलसिपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका-३ लामीडाँडा स्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको र त्यहाँबाट गम्भीर र मध्यम घाइते ६ जनालाई नेपालगन्ज रिफर गरिएको बताए । 

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए ।  कपुरकोट गाउँपालिका-५ रिम बस्ने जिपचालक ३७ वर्षीय ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिपमा १२ जना यात्रु सवार थिए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully