डोल्पामा यार्सा संकलकबीच झडप, सशस्त्र प्रहरीद्वारा हवाई फायर

जेष्ठ १०, २०८२

रामचन्द्र न्यौपाने

Clashes between Yarsa collectors in Dolpa, aerial firing by armed police

डोल्पा — डोल्पाको ठाँगे लेकमा यार्सा संकलन गर्न गएका दुई गाउँका स्थानीयबीच झडप भएको छ । शनिबार दिउँसो सिमाना विवाद उत्पन्न भएपछि काइके गाउँपालिका-२ र ठुलिभेरी नगरपालिका-१ थालाका स्थानीयबीच झडप भएको हो ।

दुई गाउँका स्थानीयले भीरबाट ढुंगा खसालाखसाल गरेर झगडा गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिष थापाले जानकारी दिए । उनका अनुसार कसले कहाँसम्म यार्सा संकलन गर्न पाउने भन्ने विषयमा दुई गाउँले बीच विवाद भएको हो ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully