ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

वैशाख २६, २०८२

तृप्ति शाही

Pedestrian seriously injured after being hit by a truck

वीरेन्द्रनगर — सुर्खेतमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको छ । वीरेन्द्रनगर बजारको मूलपानी चोकमा जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट दैलेख घर भई वीरेन्द्रनगर बस्दै आएकी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

मूलपानीचोकबाट बांगेसिमलतर्फ गइरहेको भे १ ख १९३६ नम्बरको ट्रकले जैशीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully